मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९स्थित दिव्यज्योति आधारभुत विद्यालयमा सञ्चालित क्वारेण्टाइन स्थानान्तरण गरिएको छ । विद्यालयबाट क्वारेण्टाइन तथा आइसोलेसन हटाउने सरकारको निर्णय बमोजिम वडा कार्यालयद्वारा विद्यालयमा सञ्चालित क्वारेण्टाइन स्थानान्तरण गरिएको हो ।

गत असार १० गतेबाट सञ्चालित १५ बेडको क्वारेण्टाइन यही भदौ १३ गतेवाट स्थानान्तरण गरिएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । उक्त क्वारेण्टाइनमा अहिलेसम्म बाहिरबाट आएका वडाका ६०भन्दा बढीले सेवा प्राप्त गरेका समेत उहाँले जानकारी दिनुभयो । विद्यालयमा सञ्चालित क्वारेण्टाइनलाई अहिले वडाकै धाप स्थित कुख्रेनी सामुदायिक वनको भवनमा स्थानान्तरण गरिएको छ । पहिले १५ बेडको मात्र सञ्चालन भएकोमा अहिले भने नयाँ स्थानमा २० बेडको क्वारेण्टाइन आज सोमबारबाट सञ्चालनमा ल्याइएको समेत वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।