हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे । प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको बताउनुभयाे ।