मकवानपुर– हेटौंडा उपमहागरपालिका वडा नम्बर ९ स्थित नारायणी बहुउद्ेश्य सहकारी संस्था लिमिटेडले मंगलबार मानवसेवा आश्रममा खाद्यान्न सामाग्री सहयोग गरेको छ । सहकारीको २४ औं वार्षिकोत्सवका अवसरमा साता व्यापी कार्यक्रम अन्तरगत आज छैठाैं दिन संस्थाले एक कार्यक्रमको आयोजना गरेर खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उहाँले सहकारी संस्थाहरुले नेपालको आर्थिक उन्नतीमा उल्लेख्य भुमिका खेलेको भन्दै अब सहकारीहरु परिस्कृत हुन जरुरी रहेको बताउनुभयो । सहकारीहरु एकिकृत हुँदै उद्योग सञ्चालनको मोडलमा जानुपर्ने उहाँको भनाई थियो । संस्थाले वार्षिकोत्सवका अवसरमा मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलगायत संस्थाका सदस्यहरुको उपस्थिती थियो ।