मकवानपुर –हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा टोल विकास संस्थाको चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ११ सदस्य टोल विकास समिति वडा समन्वय समितिमा ८ वटामा एमालेका उम्मेदवार वीजयी भएका हुन् । टाेल विकास संस्थाकाे चुनावमा समेत पाँच दलिय गठबन्धन बनाएर उम्मेदवारी दिएकाे भए पनि जित भने हुन सकेन ।

May be an image of 6 people, people standing and indoor

निर्वाचनबाट अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार रमिला सापकोटा विजयी हुनुभएको हो । कुल ८३ मत मध्ये ८१ मत खसेकोमा सापकोटाले ४० मत प्राप्त गर्दै विजयी हुनुभयो । भने, गठबन्धनका उम्मेदवार कपिल अर्यालले ३५ र स्वतन्त्र उम्मेदवार मेनुका पराजुलीले ६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेकै नारायण प्रसाद खतिवडा ४४ मतका साथ वियजी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी धमलाले २७ र रामजी आचार्यले ८ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा एमालेका उम्मेदवार ईन्दिरा काफ्ले पौडेलले ४१ मतका साथ विजयी हुँदा गठबन्धनका भक्त बहादुर बुढाथोकी ३६ मत मात्र गदै पराजित हुनुभयो । कोषाध्यक्षमा भने एमालेका राम बहादुर थापा मगर र गठबन्धनका चन्द्रिका बाँनियाको बराबर मत आएको थियो । जसमा गोला प्रथाबाट एमालेका थापा विजयी हुनु भएको टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिका निवर्तमान अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो ।

No description available.


त्यस्तै सात जना सदस्यमा ४ जना एमालेका र ३ जना गठबन्धनका उम्मेदवार विजयी हुनु भएकोे उहाँले बताउनुभयो । सदस्यहरुमा कुल १८ जनाले उम्मेदवारी दिनु भएकोमा एमालेका दिपक न्यौपाने र सानु खड्का कार्किले समान (४३) मत, दिव्यराज निरौला (३६) र ज्ञानु जोशी ३५ मत प्राप्त गर्दै विजयी हुनुभयो । भने, गठबन्धनबाट क्रमश शोभना बाँनीया (३९), कृष्ण प्रसाद दाहाल (३६) र अस्मिता अर्याल काेइराला (३२) मत प्राप्त गर्दै विजय हुनु भएको उहाँले बताउनुभयो । टोल विकास समिति वडा समन्वय समितिमा निर्वाचित पदाधिकारीसहित सदस्यलाई आज बिहान एक कार्यक्रमका बिच एमाले ९ नम्बर वडा कमिटीले वधाई तथा शुभकामना दिएको छ ।

No description available.