मकवानपुर– बुधबार हेटौंडाका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको १६६ जनाकाे स्वाब मध्ये हेटाैंडाका ४३ सहित कुल ४५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
भाद्र ४ गते र ५ गते संकलन गरिएको १६६ स्वाब नमूनाको काभ्रेको धुलिखेल जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा २९ जना पुरुष र १६ जना महिला गरि ४५ जनामा कोरोना पुुष्टि भएको हेटौंडा–४, स्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आज प्राप्त रिपाेर्ट अनुसार हेटौंडाका ४३ जना र मकवानपुर जिल्ला बाहिरका २ जना गरी कुल ४५ जनामा कोरोन पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा हेटौंडाका मात्र १६ जना महिला र २७ जना पुरुषहरु रहेका छन् भने २ जना जिल्ला बाहिरका हुन् ।