हेटौंडा– हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञाको उल्लंघन गर्दै बुधबार कार्यकर्ता भेला गरेको छ । बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस मकवानपुरका सभापति समेत रहुनुभएका इन्द्र बानीयाले हेटौँडामा जारी निषेधज्ञाको ठाडो उलंघन गरि कार्यकर्ता भेला गरेर कार्यक्रम गर्नुभएको हो ।

हेटौँडामा जारी लकडाउनको बिचमा उहाँले आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा भएको कार्यक्रमलाई संवोधन समेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारले कोरोनाको विषयमा गम्भिर ध्यान नदिएको भन्न् भ्याउनुभएका बानीया आँफैले कोरोना रोकथाम तथा नियन्त्रणकालागि जारी गरिएको निषेधज्ञाको उल्लंघन गनुर्भएको छ ।

कोरोनाको कहरमा विश्व नै त्रसित भएको अहिलेको अवस्थामा चिकित्सकहरूले समेत भाैतिक दुरी कायम गर्नुपर्ने सुझाब दिइरहेका बेला कांग्रेसले भने राजनैतिक भेला आयोजना गरेकाे छ । कार्यक्रम भएकाे ६ नम्बर वडा हेटौँडाको पहिलो सट डाउन गर्ने वडा समेत हो । तर सोहि वडाका वडा अध्यक्ष अर्जुन प्रसाद चौँलागाई पनि उक्त कार्यक्रममा सहभागि हुनुभएको थियो । कांग्रेस श्रोतको अनुसार कार्यक्रममा अन्य पार्टी परित्याग गरि १ सय ७० जना पार्टी प्रवेश गरेको बताईएको छ ।