मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा आज दोस्रो दिन पनि अनुगमन गरिएको छ । कोरोना भाइरसको सक्रमणको जोखिम बढिरहेका बेला वडा कार्यालयले निषेधाज्ञा प्रभावकारी बनाउन संयुक्त अनुगमन तथा सचेतना अभियान गरेको हो ।

वडा कार्यालयले हिजो मंगलबारबाट वडा भित्र अनुगमन गरेर मास्क लागाउन प्रेरीत गर्ने, भिडभाड नगर्न, भौतिक दुरी कायम गर्ने तथा निषेधाज्ञाको पालना गर्न प्रेरित गर्नुका साथै त्यसको अनुगमन सुरु गरेको हो । पहिलो दिन हिजो पुर्व पश्चिम राजमार्ग स्थित अनुगमन गरेको टोलीले आज दोस्रो दिन वडाको गुम्बाचोक, सिमेन्टरोड, धापटोल, लामसुरे हाइट हुँदै इलाका प्रहरी कार्यालय पशुपतिनगर चोकसम्म अनुगमन गरेको वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीले जानकारी दिनुभयो । अनुगमन टोलीले वडाका खाद्यान्न व्यवसायीलाई सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न, समुदाय सर्वसाधारणर्लाइ मास्कको प्रयोग गर्न, सरसफाईमा ध्यान दिन, भौतिक दूरी कायम राख्न आग्रह गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष भण्डारीको नेतृत्वमा भएको अनुगमन टोलीमा वडा सदस्य सुकराम केसी, लक्षमी नेपाली, टोल विकास संस्था वडा समन्वय समितिका संयोजक यदुवंश खतिवडा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नरिक्षक देवराज काफ्ले, युवाका तर्फबाट नरेन्द्र भण्डारी, संचारकर्मीलगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार