नेपालमा गएको असार १९ गतेपछि पहिलो पटक एकैदिन धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।असार १९ गते एकैदिन सात सय ४० जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकोमा त्यसपछि दैनिक दुई सयभन्दा थोरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको थियो । साउन १३ गते मङ्गलबार एकैदिन तीन सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काेराेना परीक्षणकाे दायरा पनि बढ्दै गएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।पछिल्ला दिनमा परीक्षणको सङ्ख्या निकै घटाएको मन्त्रालयले चौतर्फी विरोध भएपछि पछिल्लाे २४ घण्टामा परीक्षणकाे सङ्ख्या केहीले बढाएकाे छ ।