मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । मनहरी ४ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी हुनु भएकाे हाे ।
कुल १ हजार ५ सय ९३ काे अन्तिम मतपरिणाम अनुसार थापाले ५ सय ४१ मत प्राप्त गर्नुभयाे, भने निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३३ मत प्राप्त गरेका छन् । त्यस्तै, पालिकातर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेका छन् । गठबन्धनका रन्जन कालाखेतीले ६ सय ४ मत प्राप्त गर्दा उपाध्यक्षकी रेखा मगरले ४ सय ९९ मत प्राप्त गरिन् । एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले ३ सय ७९ मत, उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्ले ३ सय ५१ मत प्राप्त गरेकी छिन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवारले ५७ मत, र उपाध्यक्षको उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका छन् ।











