मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले विजयी भएको छ । बकैया ६ काे वडा अध्यक्षमा एमालेका उम्मेदवार फूल बहादुर भोम्जन ८ सय ३४ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । उहाँसँगै वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ । यसैगरि,उहाँका निकटतम प्रतिस्पर्धीहरु नेपाली काँग्रेसका सेते मान बलले ५ सय ३६ र नेकपा माओवादी केन्द्रका बाग सिं भोम्जनले ४ सय ३९ मत प्राप्त गर्नु भएकाे थियाे ।