मदन भण्डारी फाउन्डेसन मकवानपुरले सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ फाउण्डेसनले देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
देउसी भैलो कार्यक्रममा फोण्डेसनका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेललगायत विभिन्न क्षेत्रका माहानुभावहरुको सहभागिता थियो । संस्कृतिको जगेर्ना गर्ने एवम् भाईचारा अभिबृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । फाउन्डेसनले हेटौंडा–१०, आनन्द टोल र हेटौंडा–४, चिसापानीमा देउसी भैलो खेलेको थियो । यस अघि फाउन्डेसनले बडादशैको अवसरमा पनी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।


















