मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले दिवाखाजा कार्यक्रम प्रभावकारी भएपछि सबै सामुदायिक विद्यालयमा लागु गरेको छ । विद्यालयमा दिवाखाजाको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीको भर्ना, उपस्थिती देखि शैक्षिक नतिजा समेतमा सकारात्मक प्रभाव देखिन थालेको हो ।
कार्यक्रम प्रभावकारी भएपछि चालु आर्थिक वर्ष देखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयममा दिवाखाजाको व्यवस्था गरिएको गाउँपािलका अध्यक्ष बिदुर हुमागईले जानकारी दिनुभयो । प्राथमिक तह (१–५) मा कार्यक्रम प्रभावकारी भएपछि गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा (आधारभुत र माध्यमिक तहसम्मका विद्यार्थीलाई पनि दिवाखाजा व्यबस्था गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट सुरु गरेको कार्यक्रम गाउँपालिकाका सामुदायिक विद्यालयका ५ कक्षासम्मका विद्यार्थीलाई दिइएको दिवाखाजाले बालबालिकाको उपस्थिति साथै शैक्षिक नतिजामा समेत बढाएपछि पालिकाले आधारभुत र मावि तहका विद्यार्थीका लागि पनि दिवाखाजा व्यबस्था गरेको हो ।
प्राथमिक तहका विद्यार्थीलाई संघीय सरकारले ४० लाख बजेट उपलब्ध गराएकोमा आधारभुत र मावि तहका विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराउन गाउँपालिकाले पनि रकम छुट्याएको हुमागाईंले जानकारी दिनुभयो । प्रावि तहमा कार्यक्रम प्रभावकारी देखिएक पछि प्राविका विद्यार्थीलाइ मात्र नभएर पालिकाले आधारभुत र मावि तहका विद्यार्थीलाई पनि दिवाखाजा उपलब्ध गराउनुपर्छ भन्ने सोचका आधारभुत र मावि तहका विद्यार्थीलाई आर्थिक वर्ष २०७७÷०७८ को मंसिर २१ गतेबाट दिवाखाजा दिन सुरु गरिएको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । आधारभुत र मावि तहका प्रतिविद्यार्थी १५ रुपियाँ बराबरको खाजा उपलब्ध गराउन पालिकाले बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । पालिकामा ४० वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये आधारभुत ८ वटा र मावि ८ छन् भने, अन्य प्रावि छन् ।
दिवाखाजा लागु भएपछि विद्यार्थीहरु रमाएर पुरै समय विद्यालयमा बिताउनुका साथै पढाईमा नियमित हुन थालेका छन् । मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविमा काक्षा ८ मा अध्ययनरत प्रमिला बिक दिवाखाजा पाएपछि पढाइमा नियमितता हुन थालेको बताउनुभहुन्छ । ‘कुनै दिन त भोक लागेर छुट्टी माग्नुपर्ने अबस्था आउँथ्यो तर हाल भाइबहिनीसँग बसेर खाजा खाना पाउँदा निकै खुशी लागेको छ,’ बिकले भन्नुभयो । पालिकाले दिवाखाजा सुरु गरेपछि अध्ययन÷अध्यापनमा सहजता मिलेको सोहि विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले बताउनुभयो । ‘विद्यार्थीहरु भोकले कक्षाकोठामै निदाउने गर्थे,’ उहाँले भन्नुभयो, तर, हाल सहज भएको छ । पालिका ग्रामीण क्षेत्रको भएकोले विपन्न परिवारका विद्यार्थीमा यसले सकारात्मक प्रभाव पारेको उहाँले जानकारी दिनुभयो । दिवाखाजाले विद्यार्थीको नियमित उपस्थितिमात्र नभएर विद्यार्थी भर्ना संख्या पनि बढेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । विद्यार्थीलाई जाउलो, खिर, अण्डा÷चिउरा, चनाको तरकारी र भुजा, हरियो तरकारी गरी फरक किसिमका खाजा दिने गरिएको छ । पहाडी र ग्रामीण क्षेत्रका गरिब परिवारलाई लक्षित गरी दिइने र ग्रामीण क्षेत्रका गरिब परिवारलाई लक्षित गरी दिइने खाजा कार्यक्रमका कारण विद्यार्थीहरु हर्षित देखिन्छन् । भने, बालबालिकाका लागि दिइने दिवाखाजा कार्यक्रम प्रभावकारी देखिएको छ ।