हेटाैंडा– नेपालमा आज थप एक हजार एक सय ११ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज १२ हजार छ सय २९ वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा तीन सय चार जना महिला र सात सय ७७ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँका दुई सय ७०, पर्साका ८५, बाँकेका ७५, रुपन्देहीका ७२, ललितपुरका ६६, मकवानपुरका ६३, चितवनका ४५, भक्तपुरका ४१, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३० जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी सप्तरीका २२, कपिलवस्तुका २१, मोरङ र कैलालीका २०/२०, नवलपरासी पश्चिमका १८, नवलपरासी पूर्व र बैतडीका १७/१७, रौतहटका १५, काभ्रेका १३, दोलखाका १२, तनहुँका ११, सुर्खेतका ९, बागलुङका ८, महोत्तरी, सिराहा, नुवाकोटका ७/७ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी डोटी, कञ्चनपुर, सर्लाही, र रामेछापका छरछ, जाजरकोट र सिन्धुलीका पाँचरपाँच, प्युठान र सङ्खुवासभाका चाररचार, लमजुङ, सिन्धुपाल्चोक र गुल्मीका तीनरतीन, दाङ, दोलखा र कास्कीका दुईरदुई खोटाङ, गोर्खा, पर्वत, धादिङ, बर्दिया, र बझाङ्का एक÷एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थप पाँच सय ६९ जना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ ।
यसै गरी आज थप आठ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ । आज ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक/एक जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका एक/एक जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।