मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । जसका माध्यमले भीमफेदी गाउँपालिकामा अवस्थित चिसापानी गढी र कालीतोपको बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी गढी, त्यहाँ रहेको बटुक भैरव मन्दिर र कालीतोपको छुट्टै पहिचान रहेको छ । आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको काली तोप, यत्रतत्र छरिएर रहेको कार्तुस तथा गोलाहरू हेरेर आनन्द लिन सकिन्छ । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।