हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चिनसंग बिआराई सम्झौता भएको थियो । यसै भित्र सबैभन्दा बढी चासोको बिषय चिन नेपाल रेलको कुरा थियो । कतिपले चिनबाट नेपालमा रेल आउँन असम्भव भएको टिप्पणी गर्दै आएता पनि चिनिया पक्षबाट भने यो परियोजनाको सर्वेक्षण र डिजाइनको काम अगाडी बढेको छ ।

चिनिया संचारमाध्यम सिजीटियानका अनुसार चिन-नेपाल रेल्वे अन्तर्गतको  उक्त कामको सुरु भएको छ । समृद्ध नेपालको लागि मेरुदण्डको रुपमा बुझिएको यस परियोजनाले देशको आर्थिक गतिविधिलाइ थप उचाईमा पुर्याउने सबैको अनुमान छ । यो परियोजना २०२२ सम्म सक्ने लक्ष छ ।