हेटाैंडा– हेटौंडा निवासी संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन भएको छ । आज हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै ८० वर्षको उमेरमा उहाँकाे निधन भएको हो । सेवानिवृत्त शिक्षक समेत रहनुभएका जोशी लामो समयदेखि दम र सुगर रोगीबाट ग्रसित हुनुहुन्थ्यो ।
मकवानपुरमा संगितका धरोहर मानिने जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भर्नुभएकाे थियाे । सांगितिक क्षेत्रमा जोशीको निधनले अपुरणीय क्षति पुगेको मकवानपुरे संगितकर्मीहरुले बताएका छन् ।