कोरोना महामारीका कारण चार महिनासम्म रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ । फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो ।

सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग हुनेछ । यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ । १४ दिनको क्वरेण्टीनपछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिइने छ । प्रवेश पाउने दर्शकको सङ्ख्या ४५ सय हुने बताइएको छ । कोरोनाको कारण अष्ट्रेलियामा करिब १० हजार मानिस सङ्क्रमित छन् भने १०८ जनाको ज्यान गइसकेको छ ।