हेटौंडाः मकवानपुरको मकवापुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रि बितरण नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्ने अभियान स्वरुप महिलाहरुलाई व्यवसाय परिर्वतन गर्न आर्थिक सहयोग गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गर्दै बिक्रि वितरण गरिरहेका महिलालाई पेशा परिवर्तन गर्न भनेर ५० हजार रुपियाँ सहयोग गरेको छ । घरेलु मदिरा उत्पादनलाई निर्मुल पार्ने उद्देश्यका साथ गाउँपालिकाले वडा नम्बर–४ का ११ जना महिलालाई ५० हजारका दरले रकम सहयोग गरेको छ ।
गाउँपालिकाले मदिरा उत्पादन गर्न छोडेर कृषि र पशुपालन पेशामा लाग्न उनीहरुलाई प्रतिव्यक्ति ५० हजारका दरले सहयोग गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले जानकारी दिनुभएकोछ । विगतमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका महिलाहरुले पेशा परिवर्तन गर्दै कृषि र पशुपालनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेपछि वडा कार्यालय र टोल विकास संस्थाको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
अहिले एउटा वडामा नमुनाका रुपमा सुरु गरेका छौं, त्यसले कस्तो असर गर्छ त्यसपछि अन्य वडाहरुमा सो कार्यक्रम लागु गर्ने योजना रहेको उहाँले बताउनुभयो । ११ घर परिवारलाई घरेलु मदिरा उत्पादन पेसा छोडि कृषि, पशुपालन तथा अन्य उद्यम तर्फ लाग्न उत्प्रेरित गर्ने उदेश्यकासाथ उनिहरुलाई प्रोत्साहन गर्न रमक बितरण गरिएको अध्यक्ष हुमाँगाईलेबताउनुभयो । गाउँपालिकाले घरेलु मदिरा उत्पादनलाई निरुत्साहित गर्न सामाजिक सुधार ऐन नै निर्माण गरेर काम सुरुगरेको छ । अध्यक्ष हुमागाईंले सम्पुर्ण गाउँपालिकामा घरेलु मदिरा उत्पादन, बिक्रि बितरण निर्मुल पार्ने अभियान अनुसार काम गरिरहेको बताउनुभएको छ ।