हेटौंडाः मकवानपुरमा सवारी दुर्घटना हुँदा बुधबार साँझ दुईजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ बसामाडि लेवटमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै र अर्का एक जनाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल हस्पीटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ करीब ७ः०० बजे मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय ३० बर्षीय सौरभ सुवेदीको घटना स्थलमै ज्यान गएको थियो । दुर्घटनमा गम्भिर घाईते सोही स्थानका १८ बर्षीय अस्मित सुनारको उपचारका क्रममा चितवनको पुरानो मेडिकल हस्पीटलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भिर घाईते सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारकालागि चितवन रिफर गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक र हेटौँडाबाट बसामाडितर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल बुधबार साँझ एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु