नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएकाे र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे । त्यस्तै अहिले आइसाेलेशनमा रहेका सङ्क्रमितकाे सङ्ख्या नाै हजार दुई सय तीन छ ।