मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा–८ स्थित सशस्त्र प्रहरीकाे बेस क्याम्पमा क्वारेन्टाईन सेन्टर संचालनका लागि आवश्यक बन्दोबस्ती समग्री उपलब्ध गराएको छ । सशस्त्र प्रहरी १४ नम्बर गणकाे पहिले रहेकाे बेस क्याम्पमा १७ बेडकाे क्वारेन्टाई सेन्टर निर्माणका लागि आज ३४ हजार ७८० रुपैयाँ बराबरको आवश्यक बन्दोवस्तीका सामग्री उपलब्ध गराएको हो ।
जिसस प्रमुखको पहलमा प्लान इन्टनेशनल नेपालको हेटौंडा शाखाले क्वारेन्टाईन संचालनका लागि आवश्यक बन्दोबस्तीका सामग्रीहरु (ब्ल्याङ्केट, म्याट, हाते तौलिया, बिर्को सहितको २० लिटर वाल्टी) १७ वटाका दरले जिससलाइ उपलब्ध गराईएको थियो । प्लानद्धारा प्राप्त आवश्यक बन्दोवस्तीका सामग्रीहरु जिसस प्रमुख खुलालले आजै सशस्त्र प्रहरी १४ नम्बर गणलाइ हस्तान्तरण गर्नुभएको हो । जिससले यस अघि पनि प्लान इन्टरनेशनल मार्फत हेटाैंडा–१० स्थित फरेष्टि क्याम्पसमा क्वारेन्टाइन संचालनका लागि ५० वटाका दरले बन्दाेबस्तीका सामग्री उपलब्ध गराएकाे थियाे । क्वारेन्टाइन संचालनका लागि आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराएकाेमा प्रमुख खुलालले प्लान इर्न्टरनेशनल नेपाललाइ धन्यवाद दिनुभएकाे छ । जिल्ला समन्वय समितिले हेटौंडा–४ कर्रा स्थित श्रमिक माविमा संचालित आइसोलेसन वार्डमा समेत निरन्तर खाद्यान्न लगायत सहयोग गर्दै आएको छ ।












