मकवानपुर – मकवानपुरमा आज थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा गरिएको पिसिआर÷एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यस्तै थाहा नगरपालिकाका ३४ जना, भीमफेदी गाउँपालिकाका ११ जना, कैलाश गाउँपालिकाका ७ जना, बकैया गाउँपालिका ५ जना, राक्सिराङ गाउँपालिकाका ४ जना, इन्द्रसरोबर र मनहरी गाउँपालिकाका ३÷३ जना, मकवानपुरगढीका २ जना र बागमती गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । योसंगै मकवानपुमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ हजार ४ सय ५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ९४ र संस्थागत आइसोलेसनबाट २२ जना गरी थप १ सय १६ जना कोरोना संक्रमणमुक्त भएको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणमुक्त हुनेमा हेटौंडाका ६८ जना, मनहरीका २५ जना, थाहाका १२ जना, कैलाशका ९ जना, बागमती र बकैयाका १÷१ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ८ सय ९४ पुगेको छ ।
त्यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा ५ जना संक्रमितको मृत्यु भएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । मृत्यु हुनेमा मकवानपुर भित्रका ४ जना र १ जना जिल्ला बाहिरका रहेका छन् । पछिल्लो २४ घण्टामा हेटौंडा–११ की ६० वर्षीया महिला ,बकैयाका ८४ वर्षीय पुरुष, हेटौंडा–१४ का ५८ वर्षीय पुरुष, मनहरी–९ का ६२ वर्षीय पुरुष र बाराका ४१ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
जिल्लामा हाल २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन । जिल्लामा आज २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित उपचारत रहेको उहाँले जानकारी दिनुभयो । जसमध्ये २ हजार ३ सय ३५ जना होम आइसोलेसनमा र १ सय ९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।