फाइल फाेटा

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा–१० स्थित फरेष्टि क्याम्पसमा निर्माणाधिन क्वारेन्टाईन सेन्टरका लागि आवश्यक बन्दोबस्ती समग्री उपलब्ध गराएको छ । निर्माणाधिन ५० बेडको क्वारेन्टाई सेन्टरका लागि आज १ लाख २ हजार ६ सय ६० रुपैयाँ बराबरको आवश्यक बन्दोवस्तीका सामग्री उपलब्ध गराएको हो ।
जिसस प्रमुखको पहलमा आज प्लान इन्टनेशनल नेपालको हेटौंडा शाखाले क्वारेन्टाईन संचालनका लागि आवश्यक बन्दोबस्तीका सामग्रीहरु ब्ल्याङ्केट, म्याट, हाते तौलिया, बिर्को सहितको २० लिटर वाल्टी ५० वटाका दरले जिससलाइ उपलब्ध गराईएको थियो । प्लानद्धारा प्राप्त आवश्यक बन्दोवस्तीका सामग्रीहरु जिसस प्रमुख खुलालले आजै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गर्नुभएको हो । साे अवसरमा क्वारेन्टाइन संचालनका लागि आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराएकाेमा प्रमुख खुलालले प्लान इर्न्टरनेशनल नेपाललाइ धन्यवाद व्यक्त गर्नुभएकाे छ । जिल्ला समन्वय समितिले यस अघि पनि हेटौंडा–४ कर्रा स्थित श्रमिक माविमा संचालित आइसोलेसन वार्डमा निरन्तर खाद्यान्न लगायत सहयोग गर्दै आएको छ ।