मकवानपुर, चैत्र १९ । मकवानपुरमा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, भने अन्य दुईजना घाईते भएका छन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, स्थित मोरेमा बिजुलीको पोल गाड्ने क्रममा हाईटेन्सन लाईनमा छुन गई करेन्ट लागेर एकजनाको मृत्यु भएको हो ।
बिहीबार दिउँसो ४ः३० बजेको समयमा गाँउमा बिजुली लैजानको लागी ५÷६ जना मिली फलामको बिजुलीको पोल गाड्ने क्रममा पोलले हाईटेन्सन लाईनमा छुन गई करेन्ट लाग्दा ३ जना घाइते भएका थिए । उनिहरुलाई प्रहरीले उद्धार गरी उपचारकोलागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाएकोमा स्थानीय गढी–२ मापुङ बस्ने बर्ष अन्दाजी ३५ को राजकुमार गोलेको उपचारका क्रममा साझ ५ः४५ मा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर घाईते भएका गढी–७ सानडाँडा बस्ने अन्दाजी ५५ वर्षिय मानबहादुर गोले र गढी–२, मोरेका राजकुमार स्याङ्तानको सोहि अस्पतालमा उपचार भईरहेको जनाएको छ ।