हेटाैंडा, चैत्र २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ । आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले मुल्य बढाएको हो ।
अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो ।
यस्तै डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मुल्य प्रतिलिटर १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटि १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १६६ रुपैयााँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।