हेटाैँडा, माघ ११ । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरकाे बैठकले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेद्वार रामेश्वर रानाकाे संयाेजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति-२०८२ गठन गरेकाे छ ।  आगामी फागुन २१ गते हुने निर्वाचनकाे लागि परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, पालिका तथा ईलाका कमिटीका सदस्यहरू, पालिका लेखा कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधि सबै,जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिकाका पदाधिकारी, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू जिल्ला निर्वाचन परिचालन कमिटीमा रहेका छन् ।
निर्वाचन परिचालन कमिटीकाे सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनु भएकाे छ भने ७७ सदस्यीय निर्वाचन परिचालन कमिटीकाे सचिवालय समिति गठन गरिएकाे जिल्ला उपाध्यक्ष हिदम लामाले जानकारी दिनुभयाे । पूर्व मूख्यमन्त्री डाेरमणि पाैडेलकाे संयाेजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति, प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिकाे संयाेजक एकालाल श्रेष्ठ, सहसंयाेक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ र प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिकाे संयाेजक भारती पाठक, सहसंयाेजक बलराम बल र राजाराम स्याङ्तान र सचिव मेम्मर लाेलाई जिम्मेवारी दिईएकाे छ । निर्वाचन परिचालनकाे प्रचार समिति संयाेजक नवीन सिग्देल, अनन्त पाैडेलकाे संयाेजकत्वमा निर्वाचन घाेषणा पत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयाेजक गाेपाल श्रेष्ठ, प्रशासनिक संयाेजन हिदम लामा, जनसाँस्कृतिक संयाेजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयाेजक सीता विष्ट,  कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भुगाेल बाहिर रहेका मतदाता समन्वय समिति फूर्वादाेर्जे लामा, कानुनी परामर्श संयाेजक मदन दाहाल, उम्मेद्वार फाेकल पर्सन १ नं. क्षेत्र दिलु घर्ती, २ नं. क्षेत्र आशिष अस्लामी रहनु भएकाे जानकारी गराईएकाे छ । बैठकले १० वटा पालिका, २ ईलाका कमिटी र १ सय २ वटा वडामा समेत निर्वाचन परिचालन समितिकाे संयाेजक, सहयाेजक र सचिव ताेकेकाे छ भने माघ महिनाभित्र सबै जनसंगठनकाे जिल्ला र पालिकास्तरमा निर्वाचन सहयाेग समिति बनाउने र १० पालिका, २ ईलाकामा र १ सय २ वडामा निर्वाचन परिचालन समितिकाे कार्यालय स्थापना गरि कार्य अगाडि बढाउने निर्णय गरेकाे उपाध्यक्ष लामाले जानकारी दिनुभयाे ।
जिल्ला उपाध्यक्ष हिदम लामाकाे अध्यक्षतामा बसेकाे बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेतकाे प्रमुख आथित्यता, केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्ताैला,  भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामालगायत प्रदेश कमिटीका सदस्यहरूकाे आथित्यता रहेकाे थियाे ।