मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार पुनर्गठन गर्नुभएको छ । काँग्रेसका ५ मन्त्री थप्दै उहाँले १४ सदस्यीय मन्त्रीपरिषद्लाइ पूर्णता दिनु भएको हाे ।
जस अनुसार मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, किरण थापामगरलाई स्वास्थ्य मन्त्रालय, उर्मिला नेपाललाई युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादेलाई सामाजिक विकास मन्त्रालय, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्रालय, सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।