नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ । बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उहाँकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फस्नुभएको थियो । बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई केहीबेरअघि हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FNDRRMA%2Fvideos%2F1034710005080479%2F&show_text=0&width=267