नेपाली क्रिकेट सङ्घ (क्यान) ले नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा राेहितकुमार पाैडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, साेमपाल कामी, प्रतिस जिसी, किशाेर महताे, सन्दीप जाेरा, अर्जुन साउद र श्याम ढकाल ।
एसिया कपको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा एसिया कपको अन्तिम तयारी गर्ने छ । एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलङ्काको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।











