काठमाडौं । नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको हाे ।
सचिवालय बैठकले भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय गरेकाे छ । यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
‘असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्नेछौं । यसले संगठनलाई मजबुत बनाउँछ’ उहाँले भन्नुभयाे । प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयाे ।
