file photo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले आज साेमवार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेर यही साउनको ९ गतेदेखि एमालेका सांसदले संसद् चल्न दिएका छैनन् ।
आज पनि एमालेका सांसदले नाराबाजी गरेर बैठक चल्न नदिएका हुन् । बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाउनुभएको छ । उहाँको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका छन् ।
एमालेका सांसदले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आउँदो भदौ ३ गते आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।