मकवानपुर – नेकपा एमालेका उपमहासचिब विष्णु रिमालले देशलाई निकास र विकास दिन एमालेको सरकार आउनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा मंगलबार हेटौंडामा आयोजित “सामाजिक, आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारी” बिषयक बिचार गोष्ठीमा बोल्दै उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो ।

No description available.

मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष तथा एमाले प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव रिमालले एमालेले समृद्ध नेपाल सुखी नेपानी बनाउन चाहेपनि काग्रेसले यसलाई नचाहेको आरोप लगाउनुभयो । सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको उहाँको भनाई थियो । समाजबादको अन्तिम कुरा भनेको नै समृद्ध नेपाल सुखि नेपाली रहेको हुँदा त्यसलाई साकार गर्न एमालेको सरकार आउनु पर्ने बताउनुभयो । उहाँले जनताको बहुदलिय जनवाद भनेको जनता प्रति समर्पित भएको भन्दै जनता प्रति समर्पित पार्टी एमाले मात्र भएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले जनतालाई वेवास्ता गरेको आरोप लगाउनुभयो ।

No description available.

उपमहासचिब रिमालले अहिलेको सरकार कमिशनतन्त्रबाट चलेको उहाँको भनाई थियो । अहिलेको सरकारले न्यायधिस नियुक्त गर्दा पनि घुस लिने गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘जिल्ला न्यायधिस नियुक्त गर्दा र सर्बोच्चको न्यायधिश नियुक्ति गर्न रेट नै तोकेर घुसको बार्गेनीङ गरिएको सुनिएको छ ।’ उहाँले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मान जोगाउन पनि आउँदो मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट एमालले जित्नु पर्ने बताउनुभयो । उपमहासचिव रिमालले कानून निर्माण गर्ने काम व्यावस्थापिकाको भए पनि अहिलेको गठबन्धन सरकाले त्यसको विपरित काम गरेको उहँँको भनाई थियो । उहाँले समानुपातीक सांसदमा एक जनालाई एक पटक मात्र अवसर दिनुपर्ने र अर्को पटक भने अर्कोलाई अवसर दिनुपर्ने बताउनुभयो ।

No description available.

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौला, एमालेका नेता अनन्त पौडेल लगायतकाले आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य तथा मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायले बिष्णु रिमालले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका बिभीन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

No description available.