मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी शुक्रबार र शनिबार हुने भनीएको नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको छ । राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको स्थानीय समन्वय समितिका संयोजक एवम् युनियनका केन्द्रीय सदस्य राममणि दाहालले जानकारी दिनुभयो ।
बुधबार केन्द्रीय अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष इश्वरी ओझा कार्यवहाक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी(पोष्टराज) लगायतको उपस्थिती बसेको बैठकले महाधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम समेत रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहने महाधिवेसनको उद्घाटन नेपाली कांग्रसेका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु हुने युनियन मकवानपुरका अध्यक्ष अधिकारीले बताउनुभयो । महाधिवेशन उदद्धघाटन पूर्व हेटौंडामा शुक्रबार विहान प्रभातफेरी कार्यक्रमसमेत आयोजना हुने अधिकारीले जानकारी दिनुभयो ।