मकवानपुर – मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । उपमहानगरले कक्षा १ देखि कक्षा ३ सम्म ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रम लागू र्ग लागेको हो ।
हाम्रो हेटौँडा नामक पुस्तक छपाइको काम भइरहेको उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । पुस्तकमा स्थानीय स्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनलगायत विषय समेटिएको उहाँले बताउनुभयो । स्थानीय स्तरमा रहेका उक्त विषयको संरक्षण र सम्बद्र्धन सार्थ भावि पुस्तामा पुस्तान्तरणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले उपमहानगलपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको उहाँको भनाई छ । उपमहानगरपलिका क्षेत्र भित्र रहेका ७६ सरकारी र ५० निजी गरी १ सय २६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइसकिएको उहाँले जानकारी दिनुभयो । १६० पूर्णाङ्क रहेको उक्त पाठ्यक्रम कक्षा १ देखि ३ सम्म सातामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । पाठ्यक्रममा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मक रहने रिमालले बताउनुभयो ।











