मकवानपुर – बागमती प्रदेशकी पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेकी उपाध्यक्ष समेत रहनु भएकी पुर्वमुख्यमन्त्री शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको चरम दुरुपयोग गरेको बताउनुभयो ।
उहाँले पाँच दलिय गठबन्धनले एमाले एक्लैसंग प्रतिष्पर्धा गर्न नसकेर निर्वाचन आचारसंहिता विपरितका कामहरु गरेको बताउनुभयो । उहाँले प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताउनुभयो । उहाँले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागिपरेको बताउनुभयो । पूर्वमुख्यमन्त्री शाक्यले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गर्नु भयो । उहाँले देशभर उच्च मूल्यवृद्धि भएको बताउँदै भन्नुभयो–“देशभर उच्च मंहगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको छ, केन्द्र सरकार के गरेर बसिरहेको छ ।