बाराको निजगढ नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार सुरथ पुरी र उपप्रमुखमा सोम माया थिङ (मुना) विजयी हुनुभएको छ । पुरीले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सुरेश कुमार खनाललाई ६ सय ५२ मतले पराजित गर्नुभएको निजगढ नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिनुभयो । उपप्रमुखमा विजयी थिङले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रविराज दंगाललाई १ सय ४१ मतान्तरले पराजित गरेकी छिन् ।