हेटौँडा उपमहानगरपालिकामा १५२५५ मत गणना हुँदा गठवन्धनको तर्फबाट उम्मेद्वार बन्नु भएकी मिना लामा (कलम) ले अग्रता कायम गर्नु भएको छ । १५२५५ मत गणना हुँदा लामाले ४७२९ मत ल्याउँदै अग्रता बनाउँदा राप्रपाका दिपकबहादुर सिंहले ४४४९ मत ल्याउनु भएको छ । एमालेका अनन्तप्रसाद पौडेलले ४००६ मत प्राप्त गर्नु भएको छ । हेटौँडामा हालसम्म वडा नम्बर १,२ र १९ को मत परिणाम आएको छ । भने वडा नम्बर ३, ४, ५ र १८ को मतगणना जारी रहेको छ । वडा नम्बर १ र २ मा कांग्रेसले जितेको छ, भने १९ मा एमाले विजयी भएको छ ।