मकवानपुर – मकवानपुर जिल्लामा सत्ता गठबन्धनले पहिलो जीत हासिल गरेको छ । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित भएको हो ।
कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लोक बहादुर मोक्तान निर्वाचित हुनुभएको छ । मोक्तानले ४८९७ मत प्राप्त गदा उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नरेन्द्र प्रसाद रिजालले ४०९३ मत मात्र प्राप्त गर्नुभयो । यस्तै अध्यक्षमा निवर्तमान अध्यक्ष नेकपा समाजवादीका टंक मोक्तान १२० र राप्रपाका सन्तबहादुर रुम्बाले २९८ मत प्राप्त गर्नुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का बाल कुमार मल्ल बिजयी हुनुभएको छ । उहाँले ४०८८ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्दी (निर्वतमान उपाध्यक्ष) नेकपा एमालेकी शुकुमाया थिङले ३९३७ मत प्राप्त गर्नु भयो । यस्तै उपाध्यक्षमा राप्रपाकी पावर्ती लामाले २५१ मत प्राप्त गर्नु भएको छ । गाउँपालिकामा १४ हजार ५८६ मतदाता रहेकोमा १० हजार ८६५ मत खसेको थियो ।