मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसका विष्णु गोपाल महर्जन विजयी हुनु भएको छ । महर्जनले एमालेका निवर्तमान वडा अध्यक्ष हरि बहादुर राउतलाई पराजित गर्दै विजयी हुनु भएको हो ।
वडा नम्वर २ मा जम्मा ३ हजार २८६ मत खसेकोमा यो समाचार तयार पार्दासम्म २ हजार ९२६ मत गणना भएको छ । अब ३५९ मत मात्रै गन्न बाँकी रहेकोमा महर्जन ३६५ मतले अगाडी हुनु हुन्छ । बाँकी ३५९ मत गणना हुन बाँकी रहेकोले आधिकारिक रुपमा विजयी घोषणा गर्न भने बाँकी छ ।
महर्जनले १०८९ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका हरि राउतले ७२४ मत र राप्रपाका किशोर ढकालले ४८४ प्रात गर्नु भएको छ । यसअघि वडा नम्वर १ मा पनि गठबन्धन (कांग्रेस) का सविन न्यौपाने निर्वाचित भईसक्नु भएको छ ।