भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । नेकपा एमालेका कार्यकर्ता मतगणना स्थलबाट बाहिरिएपछि मतगणना स्थगित भएको हो । मत सदर/बदर गर्ने विषयमा एमाले प्रतिनिधिले असहमति जनाएका हुन् । सूर्य चिह्नमा अलिकति छाप देखिएको मत मतदान अधिकारीले बदर भनेपछि एमाले प्रतिनिधिले असन्तुष्टि जनाएका हुन् । हिजो अलिकति चिह्न देखिएको मत पनि सदर गर्ने गरेको उनीहरूले बताएका छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।











