हेटौंडा – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उमेदवारी दिएका व्यक्तिहरु निर्वाचन अभियानमा होमिएका छन् । हिजो र अस्ति उमेदवारी दर्ता गराएका उमेदवारहरु आजबाट व्यापक रुपमा आफ्नो पक्षमा माहोल सृजना गर्ने र चुनावमा विजयी हुने लक्ष्यका साथ निर्वाचन अभियानमा लागेका हुन् ।
यसै क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का नेकपा एमालेबाट वडा अध्यक्षका उमेदवार बोलबहादुर कार्कीले पनि अभियान सरु गर्नुभएको छ । हिजो उमेदवारी दर्ता गराउनु भएका कार्कीले उमेदवारी दर्ता पश्चात् दिव्य सेवा निकेतनका बृद्धबृद्धासग भेटघाट तथा आशिर्वाद लिदै निर्वाचन अभियान सुरुवात गर्नु भएको छ ।

May be an image of 4 people, people standing and indoor
May be an image of 18 people, people sitting and people standing