मकवानपुर – आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षका लागि पाँच जनाले आकांक्षा देखाएका छन् । नेकपा एमाले मनहरी गाउँ कमिटी बैठकमा ५ जनाले अध्यक्ष पदमा आकांक्षा व्यक्त गर्नुभएको छ ।
अध्यक्षका लागि बहालवाला अध्यक्ष एकराज उप्रेती, बहालवाला ८ नम्बर वडाध्यक्ष दिलबहादुर स्याङ्तान, गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, पूर्व जिल्ला कमिटी सदस्य जयराम अर्याल र बागमती प्रदेश कमिटी सदस्य श्याम ढकालले आकांक्षा देखाउनु भएको छ । उपाध्यक्ष पदमा भने चारजनाले आकांक्षा व्यक्त गर्नुभएको छ । जिल्ला कमिटी सदस्य बिमला कार्की, गीता प्रजा, पम्फा बस्नेत रोक्का र विद्यार्थी नेता सुजिता थिङले उपाध्यक्ष पदमा आकांक्षा ब्यक्त गर्नु भएको छ ।











