काठमाडौँ – मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पुनस् उषाकिरण भण्डारी चयन हुनुभएको छ । आज काठमाडौँको नयाँ बाँनेश्वर थापागाँउस्थित बाँनेश्वर वैंक्वेटमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
सम्मेलनले फाउन्डेसनको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणी भट्टराईसहित ४१ सदस्य कार्यसमिति गठन गरेको छ । तीन वर्षका लागि गठन भएको फाउन्डेसनको केन्द्रीय कार्य समिति सदस्यहरूमा डा. भेषराज अधिकारी, प्रा.डा. प्रेम सागर चापागाईँ, प्रा.डा. शकर भण्डारी, महेन्द्रबहादुर पाण्डे ,सुशील प्याकुरेल, डा. विमला राई पौडेल , डेगेन्द्र पाण्डे रहनुभएको छ ।
त्यस्तै, सदस्यमा टिका ढकाल, कृष्णप्रसाद भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला मिलनराज धरेल, अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालू सिंह खत्री , डा. सुरेश तिवारी चयन हुनुभएको छ । त्यसैगरी मिना भण्डारी, गोपाल गुरागाईँ, खेमराज पोखरेल, मञ्जु चौधरी, राज मोहम्मद राय, बिना शाह, सरोज यादव, शिवकुमारी गोतामे, सरिता न्यौपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी, रामशरण ढुङ्गाना, दामोदर वैरागी केन्द्रीय कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।
त्यसैगरी, डा. निर्मल विश्वकर्मा, बलबहादुर आचार्य, रामबहादुर राउत ,मिना बुढा टिका विष्ट, प्रा.डा. नन्दबहादुर सिंह, हरदेव जोशी, सरस्वती नेपाली र किशोरचन्द्र दुलाल पनि फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एक जना केन्द्रीय सदस्य भने पछि थपिने गरी सम्मेलन सम्पन्न भएको नव निर्वाचित सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन आज बिहान गर्नुभएको थियो । फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आइरहेको छ ।