मकवानपुर – मकवानपुर प्रहरीले एक क्वीन्टल बढी लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट एक क्वीन्टल १० किलो लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ–५ का ३६ वर्षीय रामकुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा सोमबार राति राक्सिराङ–५ स्थित कच्ची सडकखण्डमा शंकास्पद रुपमा भारी बोकी हिँडिरहेका प्रजालाई सुरक्षाजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रजालाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो । उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको समेत खोजतलास भइरहेको उहाँले बताउनुभयो ।