मकवानपुर – बागमती प्रदेशको प्रदेश सभा स्थापनाको चौथो वार्षिकोत्सव आज राजधानी हेटौंडामा औपचारीक कार्यक्रम गरे मनाईएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा प्रदेश प्रमुख शर्माले प्रदेश सभा दर्पण (पाँचौ अंक) २०७८ र प्रदेश सभाको चिनारी पुस्तकको विमोचन गर्नुभएको थियो । भने, प्रदेश सभाको गतिविधिबारे प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रस्तुतीकरण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा प्रदेश सभाको २०७७ माघ १९ गतेदेखि २०७८ माघ १७ गतेसम्म अवधिमा भएका प्रदेश सभा बैठकमा सहभागी हुनु भएका सदस्यहरुलाई प्रदेश प्रमुख शर्माले सम्मानपत्र प्रदान गर्नुभएको थियो । यस्तै कार्यक्रममा प्रदेश सभाको पहिलो सचिव रोजनाथ पाण्डे तथा प्रदेश सभाको उत्कृष्ट कर्मचारीलाई प्रदेश प्रमुख शर्माले सम्मानपत्रद्धारा सम्मनीत गर्नुभएको थियो । कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, प्रदेश सभाका उपसभामुख राधिका तामाङ, बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य लगायतको आतिथ्य रहेको थियो ।