हेटाैंडा – नेपालमा आज थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १६ हजार ६ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुना एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ हजार ५ सय ४० जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको छ । तथ्याकं अनुसार हाल देशभर ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।