मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाबीचमा समन्वय र सहकार्य हुनु पर्ने बताउनुभएको छ । मंगलबार जिल्लाको शैक्षिक कार्यक्रम कार्यान्वयनका सन्दर्भमा स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुसंगको छलफलका क्रममा उहाँले शैक्षिक गुणस्तर बृद्धिका लागि तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख खुलालले मुलुक संघीयतामा गएको वर्तमान परिवेशमा शैक्षिक शिक्षाको गुणस्तर कायम गर्न सबै सरोकारवालाले यसबारे  चासो  र चिन्ता राख्नु जरुरी रहको बताउनुभयो । गुणस्तरीय शिक्षाले  देशको  समग्र विकासमा महत्व राख्ने हुँदा गुणास्तरीय शिक्षा र जीवन उपयो गी शिक्षा अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।

पूर्वाधार विकासलाई मात्र विकास भन्न नमिल्ने भन्दै उहाँले चेतनामा बृद्धि हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा शिक्षाको अधिकार हस्तान्तरण भएको हुँदा त्यस किसिमको शैक्षिक गुणस्त कायम गर्ने तर्फ विषेश ध्यान दिन स्थानीय तहलाइ सुझाव दिनुभयो । छलफलमा जिल्लामा शिक्षा क्षेत्रको सुधारका विभिनन विषयमा छलफल भएको थियो । छलफमा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायत १० वटै स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरुको उपस्थिती थियो ।