हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा भएका विभिन्न अनियमितताका विषयमा राजनैतिक दलहरुले ध्यानाकर्षण गराएका छन् । मंगलबार गाउँपालिकामा पाँच राजनैतिक दलले संयुक्त रूपमा विभिन्न अनियमितताका बिषयमा ध्यानाकर्षणसहित जानकारी माग गरेका हुन् ।
पाँच राजनैतिक दलले गाउँपालिकाबाट संचालित विभिन्न योजनाहरु ढिलासुस्त, ५ वटा पक्कि पुल, ढुङ्गा गिट्टी वालुवामा राजस्व छुट भएको, पाडापाडी वितरणमा अनियमितता भएको गाउँपालिका अध्यक्षको निजी सवारि साधनमा सरकारी सेवा सुविधाको प्रयोग भएको, मनहरी अस्पतालमा कमशल निर्माण सामाग्री प्रयोगलगायत विषयमा जानकारी उपलब्ध गराईदिन अपिल गरेका छन् ।
यस्ताे छ,अपिल