मकवानपुर । छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा ४-५ गोलअन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । प्रतियोगिताको विजेताले एपीएफले नगद १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ । भने उपविजेता एनआरटीले नगद १० लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो ।