मकवानपुर – ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) ले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बानका केन्दीय उपाध्यक्ष उज्वल चौलागाईं सहितको टोलीले मंगलबार एफएम रेडियोहरुले भोगेका नवीकरण तथा रोयल्टि समस्या समाधाननको माग राखी बागमती सरकारको सञ्चार मन्त्रालयसमेत हेर्नुहुने आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रदेश सरकारले सार्वजनिक गरेको वजेटमा प्रदेशमा रहेका स्वतन्त्र एफएम, टेलिभिजन तथा अन्य संचार माध्यममैत्री भएको प्रत्याभुत गर्न नसकिएको र देशभरका भरका एफएम रेडियो तथा टेलिभिजनहरुको आर्थिक ०७८÷७९को नवीकरण पुर्ण तथा रोयल्टी रकममा ५० प्रतिशत छुट तथा सञ्चार क्षेत्रको लागि अन्य धेरै सहयोगको घोषणा केन्द्र सरकारले गरेको भएपनि बागमती प्रदेश सरकारले भने केन्द्र सरकार मुताविक छुट तथा सहयोगको घोषणा नगरेको कारण यस प्रदेश भरका स्वतन्त्र मिडियाहरु ज्यादै अन्यायमा परेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले यहि पौष २६ गते बस्ने बागमती सरकारको मन्त्री परिषद्को बैठकले नवीकरण पूर्ण तथा २ प्रतिशत लिदै आएको रोयल्टिमा १ प्रतिशत मात्र लिने निर्णय गरिने बताउनुभयो ।